गोरखा । चट्याङ लागेर आइतबार साँझ गोरखामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । वर्षासहित परेको चट्याङ लागेर घरमा बसिरहेको अवस्थामा शहीद लखन गाउँपालिका वडा नं १ बक्राङका ४२ वर्षीय राजु खनाल बेहोस भएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
खनालको सदरमुकामस्थित प्रदेश अस्पताल गोरखामा राति मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
त्यस्तै चट्याङ लागेर नै पालुङटार नगरपालिका वडा नं ७ बस्ने वर्ष ५० कि सुकमाया आले र उहाँकी बुहारी वर्ष १८ कि विपना आले घाइते भएकामा चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।