डोल्पा केन्द्र बिन्दु भएर भुकम्पको धक्का

वैशाख १४, २०८२ |सरोज थापा
डोल्पा केन्द्र बिन्दु भएर भुकम्पको धक्का

डोल्पा । डोल्पामा आइतबार बिहानै भूकम्प गएको छ । आज बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो । 

डोल्पाको कान्जिरोवा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहानको समय सबै सुतेको अवस्थामा भुकम्प गएको हुँदा खासै भुकम्प गएको अनुभव गर्न नसकेको स्थानीयले बताएका छन। 

डोल्पा केन्द्र बिन्दु भएर भुकम्प गएको भन्ने समाचार आएपनि कतै केही क्षति भयो कि भनेर जिल्लाका सबै ठाउँमा अवस्था बुझ्न सुरक्षाकर्म परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।