बाजुराको बाम्का बजारमा भीषण आगलागी

जेष्ठ २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाजुराको बाम्का बजारमा भीषण आगलागी

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

आगलागीबाट १२ भन्दा बढी पसलहरू जलेर नष्ट भएको प्रहरीको अनुमान रहेको छ । आगलागीका कारण लाखौंको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको भए पनि के कति क्षति भयो भन्ने बारेमा यकिन हुन सकेको छैन । 

हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको बताइएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीयहरू प्रयास गरिरहेका छन् ।

आगलागीका कारण इन्टरनेट र विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.