बाजुराको बाम्का बजारमा भीषण आगलागी हुँदा ४० भन्दा बढी घर-पसल जलेर नष्ट

निभाउने प्रयास जारी
जेष्ठ २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाजुराको बाम्का बजारमा भीषण आगलागी हुँदा ४० भन्दा बढी घर-पसल जलेर नष्ट

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा आज दिउँसो ग्यास सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारको एक होटलबाट खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ४० घरपसलहरू जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

आगलागीको क्षतिको आकलन भइसककेको छैन । हावाहुरीका कारण आगो नियन्त्रण लिन सकस भएको थियो । अहिले पनि आगो पूर्ण नियन्त्रणमा आएको छैन । आगलागीपछि बाम्का बजारमा फाइबर इन्टरनेट र विद्युत् सेवा समेत अवरोध भएको छ ।

अहिले जिल्ला विपद् व्यवस्थापन समितिकाे आकस्मिक बैठक आगाे प्रभावित क्षेत्रमा बसिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.