सहकारी ठगी : कांग्रेस सांसद राई पक्राउ

वैशाख १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी : कांग्रेस सांसद राई पक्राउ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ । सांसद राईलाई शनिबार राति साढे ८ बजेतिर घरबाटै पक्राउ गरिएको हो ।

राईलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.