युक्रेनसँगको युद्ध अन्त्यका लागि पुटिनको प्रतिबद्धताप्रति ट्रम्पको आशंका

भ्याटिकन सिटीमा जेलेन्स्कीसँगको भेट सकारात्मक भएको भनाइ
वैशाख १४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनसँगको युद्ध अन्त्यका लागि पुटिनको प्रतिबद्धताप्रति ट्रम्पको आशंका

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनसँगको युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति पुटिनको प्रतिबद्धताप्रति संशय व्यक्त गर्नुभएको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग रोमको भ्याटिकन सिटीमा भएको भेटवार्तापछि ट्रम्पले यस्तो संशय व्यक्त गर्नुभएको हो । ट्रम्पले सामाजिक सञ्जाल ट्र्थ सोसलमा युक्रेनमाथि जारी आक्रमणले रूस युद्ध अन्त्यका इच्छुक नरहेको देखिएको उल्लेख गर्नुभएको छ । 

पुटिनले आफुलाई युद्ध अन्त्यका लागि सकारात्मक रहेको सन्देश पठाएपनि आक्रमण नरोकेको बताउनुभयो । पुटिनले आफुलाई अल्मल्याउन खोजेको भन्ने आंशका उब्जिएको पनि ट्रम्पले बताउनुभएको छ ।

दुवै आमनेसामने बसेर उहाँहरू दुबै गहिरो र अनौपचारिक कुराकानीमा व्यस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अमेरिकी र युक्रेनी अधिकारीहरूले भेटलाई निकै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

रोमको सेन्टर पिटर्स स्क्वायर भित्र अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको अपमानजनक भेटपछिको पहिलो भेट हो ।