जनसम्पर्क समिति नर्वेको अध्यक्षमा मिश्र

वैशाख १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनसम्पर्क समिति नर्वेको अध्यक्षमा मिश्र

काठमाडौं । नेपाली जनसम्पर्क समिति, नर्वेको अधिवेशनले पारसमणि मिश्रको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर शाही, महामन्त्रीमा सुरेशकुमार यादव र रमेश सुवेदी, सहमहामन्त्रीमा नरेश बाँस्कोटा, विनोद श्रेष्ठ र कृष्णबहादुर खत्री तथा कोषाध्यक्षमा निर्मला परियार चयन हुनुभएको छ ।

समितिको पाँचौं अधिवेशनमा सहभागी नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले विभिन्न देशमा रहेका नेपालीहरूबाट सीपपुँजीका साथै नेपालको उद्योगधन्दा विकासमा सहयोगको खाचो रहेको बताउनुभयो । नेपालको विकास र आर्थिक रूपमा समृद्धिका लागि विदेशमा छरिएका नेपालीहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै रोजगारी र पर्यटन विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.