सामान्य वर्षामा पनि अरनिको राजमार्गको साँगा क्षेत्र अस्तव्यस्त

वैशाख ६, २०८२ |सुन्दर शिल्पकार
सामान्य वर्षामा पनि अरनिको राजमार्गको साँगा क्षेत्र अस्तव्यस्त

भक्तपुर । यदि तपाईं पानी परेको समयमा भक्तपुरको सूर्यविनायक हुँदै काभ्रे तथा पूर्वी जिल्लाहरूमा यात्रा गर्नुहुन्छ भने ट्राफिकको अवस्था बुझेर मात्रै जानु होला । किनभने, सूर्यविनायक धुलिखेल सडकखण्ड अहिले ६ लेनमा विस्तारको क्रममा छ । 

जसका कारण भक्तपुर र काभ्रे सिमाना पर्ने साँगा सडकखण्डको अवस्था पानी पर्दा हिलाम्मे हुने गरेको छ । यात्रा गर्दा हरेक दिन एकदेखि डेढ घण्टा जाममा पर्नुपर्ने बाध्यता छ । 

पानी पर्ने बितिकै सडकमा थुप्रिएको माटोले गर्दा हिलाम्मे हुने गरेका कारण दुई पाङ्ग्रे तथा साना सवारी साधनहरू चिप्लिने गरेका छन भने यात्रुवाहक र मालवाहक सवारी साधनहरू हिलोमै फस्ने गरेका छन् ।

विस्तृत भिडिओ रिपोर्टमा :


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।