काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार किरण पौडेल सम्मानित हुनुभएको छ । न्याय र कानुनको क्षेत्रका समाचार सम्प्रेषण गरी स्वतन्त्र न्यायपालिका, कानुनी राज्य र लोकतान्त्रिक विधि एवं प्रक्रियाको पक्षमा जनतालाई सुसूचित बनाएको भन्दै नेपाल बार एसोशिएशनले कान्तिपुरकर्मी पौडेललाई सम्मान गरेको हो ।
एसोशिएशनको २०८०/८१ को वार्षिक साधारण सभा तथा २०८२-८५ को नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा कान्तिपुरकर्मी पौडेललाई कदरपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
पौडेललाई वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र नेपाल बार एसोशिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुरस्कार प्रदान गर्नुभएको थियो । पत्रकार पौडेललले कान्तिपुर टेलिभिजनमा न्यायपालिका, संवैधानिक आयोग र परराष्ट्र मामिलासम्बन्धी समाचार लेख्दै आउनुभएको छ । कार्यक्रममा नेपाल बार एसोशिएशनले रातोपाटी डटकमका सुदर्शन आचार्यलाई समेत पुरस्कृत गरेको थियो ।