काठमाडौं । पर्यटन भिसामा नेपाल आएका विदेशीलाई गैरकानुनी काममा नलाग्न गृह मन्त्रालयले सचेत गराएको छ ।
चैत १४ गते कुलमान घिसिङलाई हटाएको भन्दै भएको प्रदर्शमा सहभागी भएको आरोपमा एक अमरिकी नागरिकलाई पक्राउ गरेर कारवाही गरेपछि सरकारले राजनीतिक गतविधिमा नलाग्न सचेत गराएको हो ।
अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमन विभागले दुई वर्ष नेपाल आउन प्रतिबन्ध लगाउँदै फिर्ता पठाएको छ । अहिले राजनीतिक र विभिन्न पक्षको आन्दोलन भइरहेका बेला पर्यटन भिसामा नेपाल आउनेहरूले भिसा विपरित गतिविधि गर्न नपाउने गृह मन्त्रालयले जनाएको छ ।
नेपालले गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा सन् २०२५ मा मात्रै १ सय १५ भन्दा बढीलाई डिपोर्ट गरेको छ ।
पर्यटकका रुपमा नेपाल आएका विदेशीको निगरानी हुन नसक्दा केही व्यक्ति अपराधमा समेत संलग्न हुँदै आएका छन । नेपाल आएका विदेशीहरु लागूऔषध, विदेशी मुद्रा, धार्मिक तथा बालयौनदुराचार जस्ता अपराधमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने गरेका छन् ।