सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस

वैशाख ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस

काठमाडौं । विश्व सम्पदा दिवस मनाइएको छ । सम्पदाको संरक्षणका लागि जनचेतना जगाउँदै आज काठमाडौंमा विश्व सम्पदा दिवस मनाइएको हो ।

१८ अप्रिललाई हरेक वर्ष विश्व सम्पदा दिवसको रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।

विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौं (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

सोही अवसरमा आज काठमाडौंको स्वयम्भूनाथ मन्दिरदेखि वसन्तपुरसम्म सम्पदा पदयात्रा गरिएको छ । पदयात्रा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.