कावासोती । बिहिबार परेको वर्षाका कारण सडक चिप्लो भएपछि पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात सञ्चालन असहज भएको छ ।
बिहिबार दिउसो तीन बजेबाट दाउन्ने खण्डमा सवारी साधन चिप्लिने गर्दा सडक अवरूद्ध भएको हो । दाउन्ने खण्डको १४ किलोमिटर सडक पार गर्न छ देखि ७ घण्टा लाग्ने गरेको छ ।
सडक विस्तारको काम भैरहेको यस खण्डमा चिप्लो सडकमा गिट्टी समेत नहाल्दा सवारी साधन सञ्चालनमा असहज भएको छ । जसको कारण सर्यौ यात्रु अलपत्र परेका छन् ।
दाउन्ने खण्डमा सडक विस्तारकोक्रममा जाम हुने, वर्षा, पहिरो र सवारी साधन बिग्रीदाँ घण्टौं जाम हुने गरेको छ । विस्तारकोक्रममा रहेको यस राजमार्गको दाउन्ने खण्डमा कही पनि कालोपत्रे छैन् ।
सडक चिप्लो भएपछि सवारी आवागमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरिक्षक जनक बन्जाराले बताउनुभयो । अहिले घाम लागेकाले रात भर जाममा परेका यात्रुले यायायात सञ्चालन हुने आशा गरेका छन् ।
प्रशासनले भने दाउन्ने खण्डको यात्रा गर्नुपर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गर्दै आएको छ ।