काठमाडौं । वीरगञ्ज महानगरमा लगाइएकाे निषेधाज्ञा हटाइएकाे छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले शुक्रबार बिहान सात बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको एक विज्ञप्तिमार्फत जनाएकाे छ ।
वीरगञ्ज महानगरभित्रका केही क्षेत्रमा बैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो ।
चैत्र ३० गते हनुमानजयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा विवाद उत्पन्न भएपछि महानगरका केही स्थानमा निषेधाज्ञा लगाइएको थियो ।