काठमाडौं । पाकिस्तान दूतावासले पाकिस्तानको ८५ औँ राष्ट्रिय दिवस मनाएको छ । काठमाडौंको होटल सोल्टीमा दूतावासले मंगलबार पाकिस्तानको ८५ औँ राष्ट्रिय दिवस मनाएको हो ।
अप्रिल १५ मा दूतावासद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति राम सहाय यादव प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा ‘अ ग्लेन्स अफ पाकिस्तान’ फोटो प्रदर्शनी समेत भएको पाकिस्तान दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूता एच.ई.अबरार एच. हाश्मीले पाकिस्तानको दिवसको ऐतिहासिक महत्वबारे चर्चा गर्नुभएको थियो । उहाँले पाकिस्तान अन्तर्राष्ट्रिय समुदायसँग मिलेर आफ्ना अन्तर्राष्ट्रिय दायित्वहरु पुरा गर्न कटिबद्ध छ । यसका साथै उहाँले पाकिस्तान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने विषयमा समेत जोड दिनुभयो ।
उहाँले पाकिस्तान र नेपाल बीचको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक समानताले दुई देशका जनतालाई आपसमा नजिक ल्याएको बताउनुभयो । उहाँले आगामी वर्षहरूमा शिक्षा, स्वास्थ्य, रक्षा, जलवायु परिवर्तन र आपतकालीन व्यवस्थापन जस्ता क्षेत्रहरूमा सहकार्य र समझदारी अझ प्रगाढ हुने अपेक्षासमेत व्यक्त गर्नुभयो ।
यस्तै, उच्चस्तरीय सहभागिता जनाउनेहरूमा उपसभामुख इन्दिरा राना मगर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपाली सेनाको ब्यान्डले दुवै राष्ट्रका राष्ट्रिय गीत समेत बजाएका थियो । साथै केही पाकिस्तानी गीतहरू समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
समारोहले पाकिस्तान र नेपाल बीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आपेक्षा गरेको बताइएको छ ।