काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल भए देशकै लागि दुर्भाग्य हुने बताउनुभएको छ । काठमाडौंमा आज आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सांसद समेत रहनुभएका नेता कोइरालाले देशको अर्थतन्त्रलाई गम्भीर असर गर्ने गरी गभर्नरको विषयलाई लिएर चलखेल गर्ने अधिकार कसैलाई नभएको समेत बताउनुभयो ।
नेता कोइरालाले देशको अवस्था अत्यन्त गम्भीर अवस्थामा पुगेको भन्दै सरकारले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठन गर्ने बेला भएको सात बुँदे अनुसार सरकार नचलेको आरोप लगाउनुभयो । उहाँले राजीनिक स्थिरतादेखि संविधान संशोधन गर्ने दुइदलको सहमतिलाई प्रधानमन्त्रीले संसदको रोस्ट्रममै उद्घोष गर्नुभए पनि काम नभएको भन्दै अस्तुष्टि पोख्नुभयो ।