जाजरकोट । पत्रकार सुरेश रजकको हत्या र विभिन्न संचार गृहमा भएको आक्रमणको विरोधमा आइतबार जाजरकोटमा विरोधसभा गरिएको छ।
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको आयोजनामा भएको विरोधसभामा विभिन्न पेशागत सामाजिक संघ-संगठनले समेत ऐक्यबद्धता जनाएका छन् ।
उक्त अवसरमा वक्ताहरूले संलग्नलाई कारबाहीको माग गर्नुका साथै उचित क्षतिपूर्ति दिनुपर्ने बताए । जाजरकोटमा कार्यरत पत्रकारहरूले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका छन् ।