बुबाले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

चैत्र १३, २०८१ |पुजन धिताल
बुबाले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

काभ्रे । काभ्रेको नालामा बुबाले चलाएको ट्रकले किचेर छोरीको ज्यान गएको छ । बनेपा नगरपालिका- ४ मा बा४ख ८५९२ नम्बरको ट्रकले किच्दा चालक सरोज बरालकी ३ वर्षकी छोरी समीक्षा बरालको मृत्यु भएको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका- १ घर भएका बराल नालामा परिवार सहित बस्दै आउनुभएको थियो ।

स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आउनुभएका बरालले खाली ट्रक ‘ब्याक’ गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो । समीक्षाको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोस्टमोर्टमका लागि धुलिखेल अस्पताल लगिएको इलाका प्रहरी कार्यलय बनेपाले जनाएको हो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।