राजावादी प्रदर्शनमा भएका घटनाको सम्पूर्ण जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजावादी प्रदर्शनमा भएका घटनाको सम्पूर्ण जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले राजावादीले गरेको प्रदर्शनमा भएको घटनाको सम्पूर्ण जिम्मा पूर्वराजा र राजाले बनाएको समितिले लिनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज साँझ बसेको कांग्रेस पदाधिकारीको बैठकले शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रर्दशनमा भएको तोडफोड लगायत आक्रमणको जिम्मा पूर्वराजा र राजाले गठन गरेको समितिले लिनुपर्ने निर्णय गरेको हो । 

कांग्रेसले राजावादीले गरेको हिंसात्मक प्रदर्शनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने निर्णय पनि गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.