आजका मुख्य समाचार,
* कान्तिपुरसहितका सञ्चारगृह र पत्रकारमाथिको आक्रमणको चौतर्फी निन्दा / पत्रकार महासंघद्वारा आन्दोलन घोषणा / राजावादीका नाममा हिंसात्मक गतिविधि गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता ।
* राजावादीले गरेको हिंसाको जिम्मेवारी पूर्वराजा र आन्दोलन समितिले लिनुपर्ने कांग्रेसको ठहर / जिम्मेवारीबाट पन्छियो राप्रपा / मानवअधिकार आयोग भन्छ- आयोजक नै जिम्मेवार ।
* बजेटमा भौगोलिक सन्तुलन र समानुपातिक वितरण फेरि बहसमा / नागरिकसँग प्रत्यक्ष जोडिने आयोजनालाई प्राथमिकता दिन सांसदहरुको सुझाव / फजुल खर्च नियन्त्रणको माग ।
* म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो / ३४ सयभन्दा बढी घाइते, १ सय ३९ जना बेपत्ता / उद्धार जारी ।
* नेपाल पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि / त्रिभुवन आर्मी ६ विकेटले स्तब्ध / पुलिसका ललित राजवंशी सर्वोत्कृष्ट खेलाडी घोषित ।