जहाज नथपी उपाय नै छैन : मन्त्री पाण्डे

चैत्र ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
जहाज नथपी उपाय नै छैन : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लिजमा जहाज थप्ने तयारी भइरहेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रमा कुनै पनि बेला नतिजा आउने गरी तदारुकताका साथ काम गरिरहेको बताउनुभयो ।

उहाँले उड्डयनको क्षेत्रलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको बताउनुभयो । धेरै देशहरूबाट सीधा उडानको प्रस्ताव अएको उल्लेख गर्दै मन्त्री पाण्डेले १० वटा वाइडबडी र १० वटा न्यारोबडी थप्नुपर्ने बताउनुभयो । उहाँले सबैतिरबाट ध्वजावाहक जहाज नै चढ्न खोज्दा समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुनै पनि बेला नतिजा आउने गरी हामी छलफलको तदारुकतामा छौं । अब प्लेन नथपिकन कुनै उपाय नै छैन । १० वटा वाइडबडी र १० वटा न्यारोबडी भइदिए मात्र सञ्चालन गर्न सजिलो हुन्छ । सबैतिरबाट सीधा उडानको लागि प्रस्ताव आएका छन् ।”

उहाँले लिजमा जहाज लिएर उडाउने प्रक्रिया अन्तिम चरणमा रहेको समेत बताउनु भयो । उड्डयनको क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने गरी सरकार हवाई नीति ल्याउने तरखरमा रहेको समेत बताउनुभयो । 

विदेशी तथा स्वदेशी एअरलाइन्सहरूबीच टिकटमा देखिएको असमानता हटाउनको लागि समेत आवश्यक अध्ययन उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.