पाँचथर । पानीको सतहले डाइभर्सन पार गरेपछि मेची राजमार्गस्थित पाँचथरको हेंवा खोलामा यातायात अवरूद्ध भएको छ ।
साेमबार साँझदेखि भइरहेको वर्षाका कारण खोलामा पानीको सतह बढेसँगै यातायात अवरूद्ध भएको हो । मंगलबार बिहानैदेखि हेंवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ हिडेका साधन बाटैमा रोकिएका छन् ।
खोला घटेसँगै डाइभर्सन मर्मत गरेर सवारी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले जानकारी दिनुभयो ।