काठमाडौं । जितका बाबजुद स्पेनिस क्लब एट्लेटिको मड्रिड फिफा क्लब विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
समूह 'बी' को अन्तिम खेलमा एट्लेटिकोले ब्राजिलियन क्लब बोटाफोगोलाई १-० ले हराए पनि नकआउट चरणमा स्थान बनाउन सकेन । हारका बाबजुद बोटाफोगो समूहको उपविजेतका रूपमा अघि बढ्यो ।
खेलको ८७औँ मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । तर अन्तिम १६ मा प्रवेश गर्न तीन गोलको जित आवश्यक परे पनि स्पेनिस क्लबले थप गोल गर्न सकेन ।
यससँगै पीएजी र बोटाफोगो समूहमा क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरे । दुवै टोली ६-६ अंकसहति अघि बढेका हुँन् । समान ६ अंक रहे पनि एट्लेटिको गोल अन्तरमा पछि पर्यो । अब बोटाफोगोले अन्तिम १६ मा शनिबार समूह एको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।