प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक-२०८२ पारित गर्ने कार्यसूची

असार १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक-२०८२ पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दै छ । आजको बैठकले विनियोजन विधेयक, २०८२ पारित गर्ने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि बैठकले श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ र सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

बैठकमा सांसदहरूले पेस गरेको खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.