स्वर्गद्वारी गुठीका मोही किसानद्वारा घोराहीमा मसाल जुलुस प्रदर्शन

चैत्र १०, २०८१ |अमर क्षितिज भण्डारी
स्वर्गद्वारी गुठीका मोही किसानद्वारा घोराहीमा मसाल जुलुस प्रदर्शन

दाङ । दाङमा रहेको स्वर्गद्वारी गुठीका मोही किसानहरूले घोराहीमा मसाल जुलुश प्रर्दशन गरेका छन् । सरकारले आफूहरूसँग पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीका मोही किसानहरू लामो समयदेखि आन्दोलनमा छन् । 

माघ २० गतेदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा आन्दोलन गरीरहेका मोही किसानहरूको समर्थनमा घोराहीमा मसाल जुलुश प्रदर्शन गरिएको हो । सरकारले आफ्ना मागहरूलाई बेवास्ता गरी आफूहरूलाई बेघरवार बनाएको भन्दै मोही किसानले अनिश्चतकालीन जिल्ला बन्दको कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।