दलितमाथि ज्यादती घटना : जाहेरी दिन पीडित परिवार प्रहरी कार्यालयमा

चैत्र ९, २०८१ |विनय आजाद
दलितमाथि ज्यादती घटना : जाहेरी दिन पीडित परिवार प्रहरी कार्यालयमा

सिरहा । सिरहाको औरही महायज्ञका नाममा ज्यादती भएको घटनामा पीडित परिवार जाहेरी दिन प्रहरी कार्यालय पुगेका छन् । पीडित दीपक मल्लिक डोम दलितका अगुवाहरू सहित शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय, सिरहा पुगेका हुन् ।

उनीहरूले साथमै कानुन व्यवसायी पनि लगेका छन् । अहिले उनीहरू जिल्ला प्रहरीभित्र मुद्दा विषयमा आपसमा कानुनी परामर्श गरिरहेका छन् । त्यसलगत्तै जाहेरी लेखाएर प्रहरीलाई दिने एक दलित अगुवाले बताए ।

आउँदै चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।

यस घटनामा पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष शुक्रबार साँझ पक्राउ परिसकेका छन् । बजरंगी बाबा भने अझै फरार छन् । उनीहरु तीनै जनाविरुद्ध जाहेरी दिने तयारी पीडित परिवारको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।