आजका मुख्य समाचार,
* विवाहको उमेर १८ वर्षमा झार्न सरकार सकारात्मक/ किशोर-किशोरीबीच सहमतिको सम्बन्धलाई कानुनमै लचिलो बनाइने/ गृहमन्त्रीको प्रस्तावमा सांसदहरुको समर्थन ।
* आरोपीले धमाधम सफाइ पाउन थालेपछि अख्तियारले घटायो मुद्दा दर्ता / परिपक्व अनुसन्धान गरेर मात्रै विशेष अदालतमा मुद्दा लैजान विज्ञको सुझाव ।
* वित्तीय संस्थामा बढ्दो खराब कर्जाको असर राजस्वमा/ ठूला कम्पनीले बुझाउने कर घट्यो/ फागुनसम्म एक खर्ब ८४ अर्ब आयकर उठाउने लक्ष्यमा झण्डै ४० अर्बले कमी ।
* गाजा युद्धमा मारिने प्यालेस्टिनीको संख्या ५० हजार नाघ्यो/ हमास नियन्त्रणमा अझै ५९ बन्धक/ इजरायली आक्रमण जारी ।
* इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादको सानदार जित/ राजस्थान रोयल्स ४४ रनले पराजित/ हैदराबादका इसान किसन बने सिजनको पहिलो सतक बनाउने खेलाडी ।