काठमाडौं । उद्योगी व्यवसायीहरूले १२ घण्टा लोडसेडिङ हुँदा उत्पादन लागत बढेको र त्यसको मार उपभोक्तासम्म परेको बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी विद्यमान १२ घण्टे अघोषित लोडसेडिङका कारण सिमेन्ट तथा डन्डीको मूल्यवृद्धि गर्नुपरेको बताएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूलाई बिजुली दिन विभेद गरेको आरोप लगाएका छन् । उनीहरूले ट्रंक र डेडिकेटेड लाइनका विवाद छिटो सुल्झाउन समेत माग गरे । यता नेपाल विद्युत् प्राधिकरणलेे भने डेडिकेटेट तथा ट्रक लाइनका ४१ उद्योगीबाहेक सबैलाई पर्याप्त बिजुली दिएको बताएको छ ।