काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने एक दोषीलाई प्रहरीले पक्राउ गरेको छ । उपप्राध्यापक चलाउनेलाई आक्रमण गरेकामा २ वर्ष कैद सजाय तोकिएका योगेन्द्र रावललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
रावललाई कीर्तिपुरबाट पक्राउ गरेर कारागार चलान गरिएको सीआईबीले जनाएको छ । २०७७ साल असोज २० गते उपप्राध्यापक चलाउनेमाथि त्रिभुवन विश्वविद्यालय परिसरमै सांघातिक आक्रमण भएको थियो । आक्रमणमा संलग्न ६ जनालाई २ वर्ष कदै सजाय सुनाइएको थियो ।