मानवीय त्रुटीका कारण वनमा लाग्ने डढेलो न्यूनीकरण गर्न लुम्बिनी प्रदेशमा सप्ताह व्यापी कार्यक्रम

चैत्र ८, २०८१ |अमर क्षितिज भण्डारी
मानवीय त्रुटीका कारण वनमा लाग्ने डढेलो न्यूनीकरण गर्न लुम्बिनी प्रदेशमा सप्ताह व्यापी कार्यक्रम

दाङ । मानवीय त्रुटीका कारण वनमा लाग्ने डढेलो न्यूनीकरण गर्न लुम्बिनी प्रदेशमा सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरिएको छ ।

लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले डढेलो सप्ताहको आयोजना गर्दै सचेतना अभियानलाई व्यापक बनाउदै शून्यमा पुर्‍याउन जोड दिइएको हो ।

लुम्बिनी प्रदेशमा हरेक वर्ष लाग्ने डढेलोका कारण वन, वातावरण र जैविक विविधतामा गम्भीर असर पुर्‍याउदै आएको छ। अनियन्त्रित वन डढेलोका कारण हुने नोक्सनी न्यूनीकरणका साथै डढेलो लाग्नै नदिन सचेतना अभियान सञ्चालन गरिएको हो ।

वन डढेलोविरुद्धको हप्ताहव्यापी कार्यक्रम आयोजना गरेर जनस्तरमा यस प्रकारको सचेतना पुर्‍याउने काम गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयका अनुसार ९९ प्रतिशत वन डढेलो लाग्नुमा मानवीय त्रुटी र एक प्रतिशत मात्रै प्राकृतिक रुपमा डढेलो लाग्ने देखिएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।