झडपले दिनभर तनावग्रस्त रह्यो बाँकेको जयन्दु बाल सुधार गृह, आगजनी र लुटपाटले स्थानीयमा त्रास

३ प्रहरीसहित ४५ जना घाइते
चैत्र २, २०८१ |जे पाण्डे
झडपले दिनभर तनावग्रस्त रह्यो बाँकेको जयन्दु बाल सुधार गृह, आगजनी र लुटपाटले स्थानीयमा त्रास

बाँके । पछिल्लो समय बाल सुधार गृहहरूमा लगातार हिंसाका घटना भइरहेका छन् । तर पनि नियामक निकायले कानुन निर्माण र समयमै नियमन नगर्दा यस्ता घटना बारम्बार दोहोरिइरहेका छन् । बाँकेको जयन्दु बाल सुधार गृहभित्र आपसी झगडाबाट सुरु भएको विवाद उग्र हुँदा आगजनी, लुटपाट र तोडफोडसम्म भए । घटनामा ३ प्रहरी सहित ४२ जना घाइते भए । दिनभरि तनावग्रस्त रहेको सुधार गृहको अवस्था कस्तो रह्यो ?

लड्ने चेतावनी दिँदै दुई सयभन्दा बढी युवा सडकमा निस्केपछि सुरक्षाकर्मीको भागभाग त भयो नै युवाहरूले सुन्दरपुर गाउँमा सानातिना पसल समेट लुटपाट गरे । सुरक्षाकर्मीकै अगाडि लुटपाट भएपछि असुरक्षित महसूस गरेका स्थानीयले तत्काल बाल सुधार गृह हटाउन र लुटपाटमा संंलग्नमाथि कारबाही गर्न माग गरेका छन् ।

युवाहरूले बस्तीबाट फर्के लगतै सुधार गृहभित्र आगजनी र तोडफोड मच्चाएका थिए । ५ घण्टासम्म जताततै धुँवाको मुस्लो देखिन्थ्यो । आफू छतमा बसेर तत्लो तलाका कोठाहरूमा आत्मघाती ढंगले आगजनी गरेका थिए । अवस्था निकै भयावह देखिन्थ्यो । कर्मचारीले त एक साताअघि नै कार्यालय छाडिसकेका थिए ।

शनिबार पूरै दिन अवस्था असमान्य देखिन्थो । कति बेला कसलाई कुटपिट गर्ने हुन् भन्ने त्रासले मानिस बाटो हिँड्न समेत डराइरहेका थिए । तनावपूर्ण अवस्था सिर्जना भएपछि प्रहरी र प्रशासनका अधिकारी पनि ठूलो जनशक्ति सहित सुधार गृह बाहिर पुगे । तर भित्र पस्न भने सकेनन् ।

आगो पुत्त्याइरहेको र छतबाट इँटा ढुंगा प्रहार गरेको दृश्य हेर्नु बाहेक भित्र पसेर नियन्त्रणमा लिन सकिरहेका थिएन । अवस्था जटिल हुँदै गएपछि सुरक्षाकर्मी ढोका फोडेर भित्र पसे । त्यसपछि भने अवस्था नियन्त्रणमा आएको थियो ।

घटनामा ४२ जना घाइते भएका छन । उनीहरू सहित राति नै धारिलो हतियार प्रहारबाट घाइते तुल्याइएका ६ जनको पनि भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेले सुतेको बेला आक्रमण गरेको र पुनः फर्किएर आए मार्ने धम्की दिएको बताएका छन् । घाइतेका आफन्तले ज्यानकै खतरा भएकाले सुधार गृहमा राख्न नसक्ने बताएका छन् ।

सुधार गृह निर्माण गर्न जग्गा दान दिनु भएका समाजसेवीले १६ वर्षमुनिका बालबिज्याइँकर्ता राख्नु पर्नेमा जुँगामुठे युवाहरू राख्दा यस्तो अवस्था आएको बताउनुभएको छ ।

सुधार गृहमा बस्दा आफू सुरक्षित ठानिरहेका कतिपय बालबिज्याइँकर्ताले देखिएका समस्या निराकरण गर्न ढिलो गर्न नहुने भन्दै भइरहेको झडप र कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई सजाय गर्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement