सर्वोच्चद्वारा ‘मुक्कुमलुङ पक्षधर’ का १८ जनालाई पक्राउ गर्नुको कारण माग

चैत्र २, २०८१ |आनन्द गौतम
सर्वोच्चद्वारा ‘मुक्कुमलुङ पक्षधर’ का १८ जनालाई पक्राउ गर्नुको कारण माग

ताप्लेजुङ । सर्वोच्च अदालतले ‘मुक्कुमलुङ पक्षधर’ का १८ जनालाई पक्राउ गर्नुको कारण माग गरेको छ । न्यायाधिश कुमार चुडालको इजलासले नविन पोमू समेतलाई पक्राउ गर्नुको कारण बाटाको म्यादवाहेक तीन दिनमा पेश गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई आदेश दिएको हो ।

वन्दीप्रतक्षीकरण मुद्धा अन्तर्गत पोमूसमेतले दिएको निवेदन उपर राजीव बास्तोलासहितका अधिवक्ताले गरेको वहस सुनेपछि यसमा के कसो भएको हो ? निबेदन वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? भनी सोधिएको छ । 

कानुन बमोजिमको आधार कारण भए महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ । अभद्र व्यवहार र उपद्रव मुद्धामा जिल्ला अदालतवाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

उनीहरुले दिएको बयानका आधारमा आन्दोलनको नेतृत्व गरिरहेका खगेन्द्र फेम्वु, श्रीप्रसाद लिंखिम, सरोज कङलिवालगायत नौ जनालाई अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी स्रोतले बताएको छ ।

यता, सरकारले आन्दोलनरत समूहलाई फेरी वार्तामा बोलाएको छ । माघ २२ गतेदेखि वार्ता भइरहेको स्मरण गराउँदै गृह मन्त्रालयद्वारा गठित वार्ता समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले फेरी वार्ताकालागि आव्हान गरेका हुन् । 


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement