बर्दिया । ३१ वर्षअघि निर्माण शुरु भएर निकै सुस्त गतिमा रहेको बबई सिँचाइ आयोजनाले बल्ल गति लिएको छ । ३६ हजार हेक्टर क्षेत्रफलमा सिाचाइ सुविधा पुर्याउने लक्ष्य रहेको राष्ट्रिय गौरवको यो आयोजनाको काम अब आर्थिक वर्ष ०८३/०८४ भित्र सक्नुपर्नेछ ।
यतिखेर पश्चिम मूल नहर निर्माणको काम चलिरहेको छ । बबई सिाचाइ आयोजनाको मूल नहरको काम २०५१ सालबाट शुरु भएको थियो । ३४ किमी पूर्वी मूल नहर सम्पन्न भएपछि पश्चिमी मूल नहरको कामले गति लिएको छ ।
आयोजनाको काम पूरा भएपछि बर्दिया जिल्लाको पूर्वतर्फ २१ हजार हेक्टर र पश्चिमतर्फ १५ हजार हेक्टर जमिनमा सिाचाइ पुर्याउने लक्ष्य रहेको आयोजनाले जनाएको छ । पश्चिम नहरको काम भइरहेकोमा किसान भने निकै खुशी छन ।
कुनैपनि अवरोध भएन भने समयभन्दा पहिले नहर निर्माण सम्पन्न हुने दाबी निर्माण व्यवसायीको छ । पश्चिम मुल नहर करिब ४१ दशमलव ४ किलो मिटरमध्ये अहिलेसम्म २८ किलोमिटर सम्पन्न भइसकेको छ ।
पश्चिम मूल नहरको १३ दशमलव ४ किलोमिटर निर्माणको काम भइरहेको छ । मूलनहरको काम सम्पन्न भएपछि ठेक्काको काम अघि बढने छ । भेरी बबई डाइभर्सन सञ्चालनमा आए यस क्षेत्रमा बाह्रै महिना सिाचाइ सुविधा हुनेछ ।