काठमाडौं । फिफा क्लब विश्वकपमा अब सबैभन्दा रोमाञ्चक खेल बाँकी छ र त्यो हो चेल्सी र पीएसजीबीचको फाइनल । ३२ क्लब सहभागी विश्वकपमा अब कसले उपाधि जित्दै १७ अर्ब रुपैयाँभन्दा धेरै पुरस्कार जित्ला भन्ने कौतुहलता छ । क्लबहरूको संख्या विस्तार गरी नयाँ ढाँचामा आयोजना गरिएको विश्वकपको धेरै आलोचना भएको थियो । तर यो प्रतियोगिताबाट केही नयाँ आयाम भने थपिएका छन् ।
सुपर कम्प्युटरले फिफा क्लब विश्वकप पीएसजीले जित्ने अनुमान गरेको छ । उसको जितको सम्भावना ६४ प्रतिशत रहेको बताएको छ । जारी विश्वकपमा पीएसजीको प्रदर्शन हेर्दा विगतको भन्दा फरक छ । उसले विश्वकै शक्ति सम्पन्न क्लबहरुलाई हराएको छ । अन्तिम १६ मा इन्टर मायामीविरुद्ध चार गोल गर्यो, क्वार्टरफाइनलमा १० खेलाडीमा समेटिएको भए पनि बायर्नलाई २-० ले हरायो । विश्वकै उत्कृष्ट खेलाडी रहेको रियाल मड्रिडलाई विश्वकपको उपाधि दाबेदारमा राखिएको थियो । तर पीएसजीले रियालविरुद्ध रवाफिलो प्रदर्शन गर्दै ४-० को जित निकाल्यो । यो पराजयका बाबजुद रियालले विश्वकपबाट झन्डै १२ अर्ब रुपैयाँ आम्दानी गर्यो ।
यता चेल्सीले भने विश्वकपभरी सामना गरेको एकमात्र युरोपेली प्रतिद्वन्द्वी बेन्फिका हो । युरोपका टोलीलाई अन्य क्लबको तुलनामा बलिया मान्ने हो भने यसलाई केही सहज भएको मान्न सकिन्छ । तर उसले ब्राजिलको फ्लेमिङ्गो, पाल्मेरिस र फ्लुमिनेन्सेविरुद्ध रोमाञ्चक जित हात पारेको छ । चेल्सी उत्कृष्ट व्यक्तिगत कौशल र गहिराई भएको टिम हो । पीएसजीलाई चेल्सीबाट हुने सबैभन्दा ठूलो भय पनि त्यही कारण हो । त्यसैले स्पेनिस विश्वविजेता कोच एनरिकेलाई पि्रमियर लिग क्लबविरुद्ध आफ्ना खेलाडी उतार्न त्यही अनुसारको रणनीति बनाउनु आवश्यक छ ।
क्लब विश्वकपमा पहिलो पटक रेफ्रीको शरीरमा क्यामेरा जडान गरियो । त्यसले टेलिभिजनका दर्शकलाई नयाा कोणको दृश्य प्रदान गरेको छ भने प्रशिक्षणको रणनीति निर्माणमा सहयोग गर्नेछ । गोलकिपरलाई ८ सकेन्डभन्दा धेरै बल होल्ड गर्न नपाउने नियम यहिाबाट सुरु गरियो । अफसाइडको अर्ध स्वचालित प्रणालीको विकास गरियो । फिफाले यसलाई सफल प्रयोग भनेको छ । यसले क्लब विश्वकप अर्को वर्ष अमेरिका-क्यानडा र मेक्सीकोमा हुने फिफा विश्वकपको राम्रो तयारीको संकेत गरेको छ । त्यस हिसाबले यो विश्वकप सफल छ । तर, आफ्नो पहिलो खेलमा चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले खाली रंगशालामा खेलेको भान भएको बताएका थिए । केही खेलमा दर्शकको खडेरी लाग्नु विश्वकै लोकपि्रय फुटबलमा अस्वाभाविक देखिन्थ्यो । खासगरी एसियाली र अफ्रिकी क्बलहरूको खेल दर्शकको रुचिको विषय रहेन । यद्यपि बिस्तारै रंगशालामा दर्शक भरिँदै गए । युरोपका केही टिमका खेलले ६० हजारदेखि ८० हजारसम्म दर्शकलाई रंगशालाले स्वागत गरेको छ । फिफाले नयाा मोडलेमा ल्याएको विश्वकपको पहिलो संस्करणमा यो संख्या कम मान्न भने सकिँदैन ।
फुटबल भनेको पैसा मात्रै होइन्, लगानी पनि हो । फिफाका लागि यो खेलको प्रवर्द्धन गर्नु अर्को गोल थियो । एसिया, ओसिनिया र अपि|mकाका क्लबका लागि युरोपका टिमसाग खेल्ने धेरै ठूलो अवसर र खेलाडीका लागि एक्सपोजर बन्यो । तर युरोपका क्लबहरुले भने आफ्ना खेलाडीले एक सिजनमा ५० भन्दा धेरै खेल खेल्नुपर्दा यो प्रतियोगिताको आलोचना गरेका छन् ।