कान्तिपुरकर्मी दाहाल सम्मानित

असार २८, २०८२ |सुशीला पाठक
कान्तिपुरकर्मी दाहाल सम्मानित

मोरङ । कान्तिपुरकर्मी रमा दाहाल शनिबार विराटनगरमा सम्मानित हुनुभएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले शनिबार विराटनगरमा दाहाललाई सम्मान गरेको हो ।

नगद १० हजार रुपैयाँसहित उहाँलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त रूपमा सम्मानपत्र, खादा र नगदले सम्मान गर्नुभएको हो । 

पत्रकारिताका माध्यमबाट खेलकुद क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दे दाहाललाई सम्मान गरिएको आयोजकले जनाएको छ । सो अवसरमा खेलकुद क्षेत्रका खेलाडी, प्रशिक्षक, पदक विजेता खेलाडी र पत्रकारहरू गरी एक सय एक जनालाई सम्मान गरिएको थियो ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।