विम्बल्डन महिला एकलतर्फको उपाधिका लागि अमान्डा अनिसिमोभा र इगा स्वान्तेकबीच प्रतिस्पर्धा जारी

असार २८, २०८२ |खेल ब्युरो
विम्बल्डन महिला एकलतर्फको उपाधिका लागि अमान्डा अनिसिमोभा र इगा स्वान्तेकबीच प्रतिस्पर्धा जारी

काठमाडौं । विम्बल्डन २०२५ अन्तर्गत महिला एकलतर्फको उपाधिका लागि अमान्डा अनिसिमोभा र इगा स्वान्तेक भिड्दैछन् । सेन्टर कोर्टमा दुवै खेलाडी पहिलो पटक विम्बल्डन जित्ने लक्ष्यमा छन् । अमेरिकी खेलाडी अमान्डा पहिलो पटक ग्रान्ड स्लाम फाइनलमा पुगेकी हुन् भने पोलिस स्टार स्वान्तेकले हालसम्म पाँच पटक उपाधि जितिसकेकी छन् । 

२३ वर्षीया अमान्डा सन् २०१९ मा सेरेना विलियम्सपछि विम्बल्डन फाइनलमा पुग्ने पहिलो अमेरिकी महिला खेलाडी हुन् । १३ औं वरीयताकी अमान्डा गत वर्ष क्वालिफाइङमा नै बाहिरिएकी थिइन् । यस पटक उनले सेमिफाइनलमा विश्व नम्बर १ आर्यना साबालेन्कालाई हराएकी हुन् ।

२०१८ मा जुनियर विम्बल्डन जिते पनि स्वान्तेकले ग्रास कोर्टमा आफ्नो प्रभाव जमाउन सकेकी थिएनन् । तर यस वर्ष उनले आफ्नो कमजोर पक्ष बलियो बनाउँदै पहिलो पटक विम्बलडन फाइनलमा स्थान बनाएकी हुन् । सेमिफाइनलमा बेलिन्डा बेन्सिकलाई ६-२, ६-० ले सहजै हराउने क्रममा स्वान्तेकले आफ्नो फर्म प्रमाणित गरिसकेकी छन् । अहिले उनी १३ महिनादेखिको उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा छन् ।

यी दुई खेलाडी पहिलो पटक एक अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन् ।