रविलाई ठगी मुद्दा मात्र लगाएपछि छानबिन गर्न समिति गठन

माघ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
रविलाई ठगी मुद्दा मात्र लगाएपछि छानबिन गर्न समिति गठन

चितवन । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध लगाएको ठगी अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न महान्यायाधिवक्ताको कार्यालयले छानबिन समिति गठन गरेको छ । 

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा, सह न्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति बनाएको छ ।

सरकारी वकिल कार्यालयले हिजो लामिछाने सहित १५ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर सरकारी वकिलले लामिछाने विरुद्ध संगठित अपराधमा नगरी ठगी मुद्दामा मात्र मुद्दा दर्ता गरेपछि हिजो साँझ नै जिल्ला न्यायाधिवक्ता लुइँटेललाई चितवनबाट सरुवा गरिएको थियो । लुइँटेलको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका न्यायाधिवक्ता रवि न्यापाने चितवन आइपुग्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement