धनकुटा । धनकुटाको सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणले एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरण अभियानताका पृथ्वीनारायण शाहका सेनाले प्रयोग गरेको सुनसरीको धरान, फुस्रे, चिउरीबास, धनकुटा साँगुरीगढी, धारापानी, फेदी, मूलघाट, बेलहरा, उत्तरपानी हुँदै पाख्रीबाससम्म ४ दिनको पदयात्रा कार्यक्रम तय गरेको हो ।
सेनाले शनिबार फुस्रेदेखि साँगुरी गढिसम्मको यात्रा पूरा गरेको छ । आइतबार साँगुरीगढीबाट मूलघाट, सोमबार मुलघाटबाट बेलहराहुँदै माघ १ गते पाख्रीबाससम्मको पदयात्रा पूरा गर्ने नेपाली सेनाको भीमदलगण सल्लेरीका गणपति गणेश थापाले बताउनु भयो ।
एकीकरणमार्गका गढी र किल्लाहरुको महत्व दर्साउन गढीमा तोप स्थापना गरिएको सेनाले जनाएको छ ।