नेपालमा दर्ता हुन फेसबुक, ह्वाट्सएप, एक्सजस्ता सामाजिक सञ्जालको अँटेरी, थप समय दिने सरकारको तयारी

वैशाख ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा दर्ता हुन फेसबुक, ह्वाट्सएप, एक्सजस्ता सामाजिक सञ्जालको अँटेरी, थप समय दिने सरकारको तयारी

काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स लगायतका सामाजिक सञ्जालले नेपाल सरकारको दर्ता प्रक्रियामा आउन अँटेरी गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको ३० दिने समयसीमा आइतबार सकिए पनि उनीहरु दर्ता प्रक्रियामा नआएका हुन् ।

सरकारले गत चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो । उक्त म्याद आइतबार सकिए पनि सामाजिक सञ्जाल प्लेटफर्महरू सूचीकरणमा आएनन् । 

३० दिने समयसीमा आइतबार सकिए पनि सरकारले थप समय दिने तयारी गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब सामाजिक सञ्जालबारे सरकारले उचित निर्णय लिने बताउनु भयो । 

सरकारले २०८० सालमै ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । सरकारले सामाजिक सञ्जाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशन दिएको छ । यस बाहेक सरकारले सामाजिक सञ्जाल प्लेटफर्मका लागि थप जिम्मेवारीहरू पनि तोकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.