वाणिज्य बैंकहरुको नाफामा झिनो सुधार, आर्थिक शिथिलता कायमै

वैशाख ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
वाणिज्य बैंकहरुको नाफामा झिनो सुधार, आर्थिक शिथिलता कायमै

काठमाडौं । तीन महिनामा वाणिज्य बैंकहरुको नाफामा सामान्य सुधार देखिएको छ । गत पुसमा समग्र बैंकहरुको नाफा घटेकामा चैतमा भने बैंकहरुको नाफा १ दशमलव ४ प्रतिशतले मात्रै बढेको हो । यसले आर्थिक शिथिलता अझै कायम रहेको देखिएको छ ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकमध्ये ११ वटाको नाफा बढेको छ । वाणिज्य बैंकहरुले कुल ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख कमाएका थिए । 

नाफा बढाउने बैंकहरुको सूचीमा नेपाल बैंक अग्रस्थानमा छ । चैत मसान्तसम्म सबैभन्दा बढी नाफा भने नबिल बैंकले कमाएको छ । नबिलले ५ अर्ब ५ करोड कमाएकामा इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ४ करोड कमाएको छ । सामान्य बढेको नाफाले केही सुधारको संकेत गरेको विश्लेषकहरु बताउँछन् ।

९ वटा वाणिज्य बैंकहरुको नाफा भने घटेको छ । नाफा घट्ने बैंकहरुको सूचीको अग्रस्थानमा एनआइसी एसिया र हिमालयन बैंक रहेका छन् । आर्थिक शिथिलताका कारण व्यवसायी तथा अन्य ऋणीले समयमै ब्याज र किस्ता तिर्न सकेका छैनन् । ब्याज र किस्ता तिर्न नसकेका कारण कालोसूचीमा पर्नेहरु पनि बढेका छन् । यसरी कालोसूचीमा पर्नेहरुका कारण खराब कर्जामा बैंकहरुले प्रोभिजनिङ बापत रकम राख्नु पर्दा ९ बैंकहरुको नाफा कम भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित