यो सिरिज आगामी जुन १ देखि १३ तारिखसम्म भारतमा हुने कबड्डी विश्वकपको तयारी पनि हो । प्रतियोगितको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यचिव टंकलाल घिसिङले गर्नु भएको थियो ।
उहाँले नेपालमा कबड्डी खेलको विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपाली टिमको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गर्नु भयो । सिरिजको दोस्रो खेल भोलि हुनेछ । नेपालमा पहिलो पटक कबड्डीको टेस्ट सिरिज आयोजना गरिएको हो ।