वायुसेवा निगममा देखिएका समस्या अध्ययन गर्न चार सदस्यीय उपसमिति गठन

पुस २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
वायुसेवा निगममा देखिएका समस्या अध्ययन गर्न चार सदस्यीय उपसमिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधान गर्न संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा देखिएका समस्या लामो समयदेखि समाधान हुन नसकेको भन्दै ती समस्याको अध्ययन गर्न उपसमिति गठन गरिएको हो ।

उपसमितिमा खनाल सहित छिरिङल्हामु लामा, योगश गौचन थकाली र सुनिता बराल हुनुहुन्छ । उपसमितिलाई समस्या र समाधानका उपाय सहित विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न एक महिनाको समय तोकिएको छ ।

निगम पछिल्लो एक महिनादेखि अन्तरिक उडानविहीन भएको छ भने अन्तर्राष्ट्रिय उडान गर्ने दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी पनि आफ्नो क्षमता अनुसार चल्न सकेका छैनन् ।

सम्बन्धित समाचार :

आन्तरिक उडान भर्ने विमान नै छैन निगमसँग

व्यवस्थापकीय कमजोरीले धराशायी वायुसेवा निगम, कानुनलाई दोष दिएर पन्छिँदै पदाधिकारी

समितिको बैठकमा जसपा नेपालका सांसद राजकिशोर यादव र नेमकिपाका सांसद प्रेम सुवालबीच चर्काचर्की भएको थियो । आफूले असहमति जनाउँदा पनि सभापति यादवले बैठकका निर्णयहरू सुनाएको र कुरा राख्न पनि समय नदिएको भन्दै सुवालले असन्तुष्टी पोख्नुभएको थियो ।

हेर्नुहोस समितिमा भएको चर्काचर्की :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement