काठमाडौं । नेपालमा पहिलोपटक चिनियाँ चलचित्र महोत्सव गरिएको छ ।
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्न र चलचित्रका माध्यमबाट देश, समाज र अन्तर्राष्ट्रिय बजारका लागि निर्माण गरिने चलचित्रको तौरतरिका सिक्ने उद्देश्यले एक दिने चिनियाँ चलचित्र महोत्सव गरिएको हो ।
महोत्सवमा हर स्टोरी, मिड समर्स भ्वाइस र जिफरग्याप गरेर तीन वटा चलचित्र प्रदर्शन गरिएको थियो । महोत्सवमा नेपाली तथा चिनियाँ कलाकार सहभागी थिए ।