लेखा समिति सभापति पोखरेलका निवर्तमान स्वकीय सचिव पक्राउ

पुस २५, २०८१ |सुशीला पाठक
लेखा समिति सभापति पोखरेलका निवर्तमान स्वकीय सचिव पक्राउ

मोरङ । नेकपा एमालेका नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका निवर्तमान स्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध पुस २२ गते जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो ।

नेकपा एमाले मोरङ जिल्ला सदस्य समेत रहेका अनिल पोखरेल विरुद्ध बौआलाल चौधरीकी छोरीलाई एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेल पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पोखरेललाई आजै अदालतमा उपस्थित गराइने बताउनुभयो । पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापति पोखरेलले उनलाई स्वकीय सचिव पदबाट निष्कासन गर्नुभएको थियो ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement