कमलबजार विमानस्थलमा परीक्षण उडान सम्पन्न

पुस १३, २०८१ |खम्म खत्री
कमलबजार विमानस्थलमा परीक्षण उडान सम्पन्न

अछाम । अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । विमानस्थल निर्माण सुरू भएको ३२ वर्षपछि शनिबार तारा एअरको विमानले परीक्षण उडान गरेको हो ।

परीक्षण उडान तारा एअरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले गरेका हुन् । ‍उडानपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शनिबार नै विमानस्थल उद्‌घाटन गर्नुभएको छ ।

२०४९ सालमा निर्माण सुरू गरिएको यस विमानस्थल २०५८ सालमा सम्पन्न भई सञ्चालनको तयारीमा थियो । तर तत्कालीन विद्रोही माओवादीले रिपिटर टावर ध्वस्त बनाएपछि परीक्षण उडान समेत भर्न नपाउँदै विमानस्थल बन्द भएको थियो । यसपछि एकैपटक विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement