रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन

पुस ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ ।

रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको मुद्दा दायर गरिएको पत्र कास्की प्रहरीले संसद् सचिवालयलाई पठाएपछि सांसद पद निलम्बन भएको स‌ंसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सूचना जारी गर्दै जानकारी दिनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले आजै उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार :

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको निर्णय

रविको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुखलाई पठायो पत्र

रास्वपा सभापति लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बन हुने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.