डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको निर्णय

पुस ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको छ ।

भर्चुअल रुपमा जारी रास्वपाको सचिवालय बैठकले डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको हो ।

सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, स‌ंगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै पार्टीको बैठकले यस्तो निर्णय गरेको हो  ।  

लामिछानेसहित पूर्वडीआईजी एवम् गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङको बयान आजदेखि सुरु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.