विद्युत् प्राधिकरण र सरकारबीच द्वन्द्व : कुलमान नभएका बेला मन्त्रीले बनाए प्राधिकरणमा आफ्नै कार्यकक्ष

मंसिर १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
 विद्युत् प्राधिकरण र सरकारबीच द्वन्द्व : कुलमान नभएका बेला मन्त्रीले बनाए प्राधिकरणमा आफ्नै कार्यकक्ष

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सरकारबीच द्वन्द्व बढिरहेका बेलामा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणमा आफ्नो कार्यकक्ष बनाउन लगाउनुभएको छ ।

भोलि दिउँसो प्राधिकरणको कार्यकक्षमा मन्त्री आउने भनेपछि आज राति नै कोठा बनाउने र कार्पेटिङ गर्ने काम भइरहेको छ ।

प्राधिकरणमा उर्जामन्त्री बोर्डमा अध्यक्ष रहने व्यवस्था भए पनि अहिलेसम्म मन्त्रीका लागि छुट्टै कार्यकक्ष निर्माण भएको थिएन ।

प्राधिकरण स्थापना भएको ३९ औं वर्षमा पहिलोपटक बोर्डका अध्यक्षका लागि कार्यकक्ष निर्माण गरिएको हो । प्राधिकरणको बोर्ड बैठक कहिले मन्त्रालयमै त कहिले प्राधिकरणमा बस्ने गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोसीको मर्मत सम्भारमा गएका बेलामा कार्यकक्ष बनाउन लागिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.