काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगमा गत आर्थिक वर्षमा मानव अधिकार उल्लंघनसम्बन्धी १ सय १० वटा उजुरी परेका छन् ।
आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/८१ को वाषिर्क प्रतिवेदन पेश गर्दै पीडित तथा पीडितका परिवारका गरी ९० जनालाई क्षतिपूर्तिका लागि सरकारसमक्ष सिफारिस गरिएको जनाएको हो । त्यस्तै पुराना र नयाँ गरी ३ सय ६८ उजुरीको अनुसन्धान सम्पन्न भएको, १ सय ६१ वटा उजुरीमा नीतिगत सिफारिस गरिएको, २ सय ७६ उजुरी तामेलीमा राखिएको र १५ उजुरी खारेज गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनु भयो ।