मिठाइ पसलमा उपभोत्ताको चाप

कार्तिक १६, २०८१ |सुमन पन्थ
मिठाइ पसलमा उपभोत्ताको चाप

काठमाडौं । तिहार भन्नासाथ झिलीमिली बत्ती, सेल रोटी र विभिन्न मिठाइको सम्झना आउँछ । यो बेला यस्ता सामग्रीको कारोबार पनि निकै हुन्छ । अहिले मिठाइ पसलहरुमा उपभोक्ताको लाइन नै लाग्न थालेको छ ।

भाइटीका नजिकिएसँगै मिठाइ पसलमा उपभोत्ताको चाप बढेको छ । वर्षमा हुने कुल व्यापारमध्ये एक चौथाइ व्यापार दशैं, तिहार र छठमा हुने गरेको व्यवसायी बताउँछन् । व्यवसायीहरुले टेन्ट लगाएरसमेत व्यापार गरिरहेका छन् । विशेषत: काठमाडौं उपत्यकामा नेवार समुदायले बढी उपभोग गर्ने मिठाइ पसलहरुमा उपभोत्ताको चाप छ ।

तिहारको समयमा लड्डुदेखि बर्फी, लालमोहन, सरबरीसम्मका मिठाइ खरिद बिक्री बढेको छ । व्यवसायीहरुले अतिरिक्त जनशक्ति थपेर पनि उत्पादन बढाइरहेका छन् । अन्य वस्तुको मूल्य बढे पनि मिठाइको मूल्य गत वर्षकै हाराहारीमा रहेका व्यवसायीको दाबी छ । तर उपभोक्ताको अनुभव त्यस्तो छैन ।

सरकारी निकायहरुले मिठाइको गुणस्तरको अनुगमन गरिरहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रय विभागले अनुगमनका क्रममा अहिलेसम्मका ठूलो कैफियत नभेटेको बताएको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।