तनहुँ । तनहुँका किसानलाई तिहार लागि फूल टिप्न र बिक्री गर्न भ्याईनभ्याई छ । उत्पादित सयत्रपत्री फूल टिप्न र माला गाँस्न र बिक्री गर्न किसान हतारोमा देखिन्छन् ।
तिहारका लागि फूलको माग धान्न नसकिएको किसान बताउछन् । जिल्लामा उत्पादित फूल स्थानीय बजारमा नै बढी बिक्री हुने गर्दछ । मखमली माला ६० र सयपत्री माला १ सय ६० रुपैयाँको हाराहारीमा बिक्री हुने गरेको छ ।
बजारमा तिहारका लागि माग बढी भएकोले किसान निकै उत्साहित देखिन्छन् । सयपत्री र मखमली फूलको माग बढी भएकाले किसान फूल खेतीतर्फ आकर्षित भएका हुन् ।
तनहुँको भिमाद, शुक्लागण्डकी, म्याग्दे, बन्दीपुर, आबुखैरेनी लगायतका ठाउँमा गरी २० हेक्टरमा फूल खेती गरिएको छ ।